शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

१३ वर्षमा पनि पूरा भएन जलजला खानेपानी आयोजना, बजेट व्यवस्थापन नहुँदा निर्माणमा ढिलाइ

images
बुधबार, मंसिर १९ २०८१
images
images
१३ वर्षमा पनि पूरा भएन जलजला खानेपानी आयोजना, बजेट व्यवस्थापन नहुँदा निर्माणमा ढिलाइ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो।

images
images

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन।

images
images
images

जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो। जलजला-१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँचसय परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले विसं २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो।

images
images

जलजला-५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माण १३ वर्ष भइसक्दा पनि पूरा हुन नसकेको बताए। 'तीन करोड रूपैयाँभन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा दुईदेखि पाँच लाख रूपैयाँका दरले बजेट आउँदा निर्माणले गति लिन नसकेको हो', उनले भने, 'हालसम्म प्राप्त भएको ५० लाख रूपैयाँ खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ।'

images
images
images

संघीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो। योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए। 'स्वच्छ खानेपानीको आशमा यहाँको स्थानीयले १३ वर्ष बिताएका छन्', उनले भने, 'निर्माण गरेका इन्टेक, रिजर्भ ट्यांकी र धारा पनि पानी नआउँदै जीर्ण भएका छन्।'

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो।

स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन्। खानेपानीको असुविधा हुँदा दैनिकी प्रभावित भएको स्थानीय पूर्खपुर्जा पुनले बताए। आयोजनाले समेटेको फलामेडाँडा पर्यटकीयस्थल पनि हो।

चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि दुई करोड १० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई १० लाख रूपैयाँ विनियोजन गरेको छ।

संघीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना एक, पाँच र सात तथा बाँसखर्क कुकुरच्यान जलजला एकदेखि पाँचको शीर्षकमा एक/एक करोड रूपैयाँ विनियोजन गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुने वातावरण बनाउने प्रतिबद्धता जनाए। आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक-फरक आयोजना अनुसार काम र क्षेत्र बाँडफाँट गरेर निर्माण गरिने उल्लेख गरे। रासस  


प्रकाशित : बुधबार, मंसिर १९ २०८११२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend