सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

जोरबिजोर लागु नगर्न यातायात व्यवसायीको सुझाव

images
शुक्रबार, माघ ७ २०७८
images
images
जोरबिजोर लागु नगर्न यातायात व्यवसायीको सुझाव

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन्।

images
images

काठमाडौं- यातायात व्यवसायीहरुले सवारीसाधनमा जोरबिजोर प्रणाली लागु नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने सम्बन्धमा छलफल गरेको थियो। 

images
images

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन्। बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोरबिजोर प्रणालीको विपक्षमा रहेका हुन्।

images
images

यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए। सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ।

images
images
images

जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने सिटौलाले बताए। यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने, व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोरबिजोर लागु गर्न नहुने सुझाव सीडीयो कार्यालयलाई दिएको महासचिव सिटौलाले बताए। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend