बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

अब म्यानपावर कम्पनी र कर्मचारी सामाजिक सुरक्षा कोषमा अनिवार्य जोडिनु पर्ने

सञ्चालकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य, सबै प्रकारको कारोबार बैंकबाट हुनुपर्ने

बुधबार, मंसिर १९ २०८१
अब म्यानपावर कम्पनी र कर्मचारी सामाजिक सुरक्षा कोषमा अनिवार्य जोडिनु पर्ने

म्यानपावर कम्पन्नीहरूले कर्मचारी नियुक्त गर्दा कम्तिमा न्यूनतम पारिश्रमिक पाउने गरी नियुक्त गर्ने तथा कर्मचारीहरूलाई मासिक तलबलगायतका आर्थिक भुक्तानी बैकिङ प्रणालीमार्फत गर्नुपर्ने भएको छ।

काठमाडौं- वैदेशिक रोजगार व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई लक्षित गर्दै ७ बुँदै परिपत्र गरेको छ।

विभागले संस्था दर्ता, नवीकरणलगायतका वैदेशिक रोजगारसम्बन्धी कार्यमा आवश्यक व्यवस्थाका सम्बन्धमा सरोकारवाला सबैका लागि भन्दै ७ बुँदै परिपत्र जारी गरेको छ। परिपत्रमा सामाजिक सुरक्षा कोषमा म्यानपावर तथा कार्यरत कर्मचारीको अनिवार्य आवद्धता हुनुपर्ने उल्लेख गरिएको छ। 

यसैगरी परिपत्रमा संस्था दर्ता, सेयर लगत, नामसारीलगायतमा आवश्यक पर्ने वैयक्तिक चारित्रिक विवरण, प्रहरी प्रतिवेदन नेपाल प्रहरीको सीआरएस प्रणालीमार्फत माग गर्नुपर्ने उल्लेख छ।

यसैगरी म्यानपावर कम्पन्नीहरूले कर्मचारी नियुक्त गर्दा कम्तिमा न्यूनतम पारिश्रमिक पाउने गरी नियुक्त गर्ने तथा कर्मचारीहरूलाई मासिक तलबलगायतका आर्थिक भुक्तानी बैकिङ प्रणालीमार्फत गर्नुपर्ने भएको छ।

परिपत्रमा सञ्चालकको राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने विषय पनि समावेश गरिएको छ। यसैगरी कार्यालयको स्पष्ट ठेगाना उल्लेख भएको जीपीएस लोकेसनसहितको ट्र्‍याकसमेत गर्नमिल्ने गरी लिंक राख्नु पर्ने छ।

साथै १० लाखभन्दा बढीको सेयर लगत पेश गर्दा वैध आम्दानीको श्रोत खुलाउनु पर्ने साथै नयाँ दर्ता गर्दा जम्मा गर्नुपर्ने नगदको लागि आम्दानीको स्रोत खुलाइ पेश गर्नुपर्ने परिपत्रमा उल्लेख छ।

यसैगरी सबै प्रकारका आर्थिक कारोबारहरू अनिवार्य रुपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने विवरणमा उल्लेख छ।


प्रकाशित : बुधबार, मंसिर १९ २०८११२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend