शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बेनी-पाखापानी-घतान सडक स्तरोन्नति गरिँदै

images
बुधबार, मंसिर १९ २०८१
images
images
बेनी-पाखापानी-घतान सडक स्तरोन्नति गरिँदै

यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगंगा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो।

images
images

म्याग्दी- बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई सदरमुकामसँग जोड्ने बेनी-पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका-९ घतानमा सडक स्तरोन्नति प्रारम्भ भएको छ।

images
images
images

किराखोर- नेप्टेचौर- तोरीपानी खण्ड स्तरोन्नतिसहित कालोपत्र गर्न पूर्वाधार विकास कार्यालयसँग १० करोड १६ लाख एक हजार तीनसय ६४ रूपैयाँमा मंगलादेवी सुवास कन्ट्रक्सनले सम्झौता गरेको हो। निर्माण कम्पनीले चार किलोमिटर खण्ड कालोपत्र गर्न पहिलो चरणमा धमाधम सडक विस्तार गरिरहेको छ।

images
images

मौजुदा तीन दशमलव पाँच मिटर चौडा सडकलाई सात मिटर फराकिलो बनाएर कालोपत्र गरिने छ। यो सडक बेनी नगरपालिकाको ९, १०, रघुगंगा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाको आवागमनको प्रमुख माध्यम हो।

images
images
images

प्रदेश सरकार र बेनी नगरपालिकाको खर्चमा यसअघि बेनी-किराखोर ६ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाबाट विनियोजन भएको तीन करोड रूपैयाँ सडकको प्रवेशविन्दुमा पहिरो नियन्त्रण र गलेश्वर मावि अगाडिको खण्डमा स्तरोन्नति गरिने नगरप्रमुख सुरत केसीले बताए।

प्रदेश सरकारमार्फत रु ६८ करोड लागतमा बेनी-पाखापानीसहित जिल्लाका सातवटा सडक स्तरोन्नति र मोटरकार पनि चलाउन मिल्ने दुईवटा पुल निर्माण सुरु भएको छ। ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाख रूपैयाँमा सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर १९ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend