बिहीबार , चैत २१ गते २०८१     १८ : ४२ : ०७
बिहीबार , चैत २१ २०८१
images
images

नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धन गर्न नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

images
मंगलबार, मंसिर १८ २०८१
images
images
नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धन गर्न नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणमा गएको नाडोले नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धन गर्ने सम्झौता गरेको हो।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चीनको सीसीपीआईटी अटोबीच पहिलो पटक सहकार्यको सम्झौता आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणमा गएको नाडोले नेपाल-चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धन गर्ने सम्झौता गरेको हो।

images
images

नाडाका अध्यक्ष करण चौधरीसहितको टोली प्रधानमन्त्रीको भ्रमण दलमा चीन भएको र मंगलबार सीसीपीआईटी अटोसँग सम्झौता गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गतेदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमणमा छन्। 

images
images

भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उपे्रतीसमेतको उपस्थिति पूर्वनिर्धारित कार्यक्रमअनुसार दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको थियो। 

images
images

उक्त छलफलसँगै नाडा र सीसीआईपी अटोबीच एमओयू साझेदारी पत्रमा हस्ताक्ष रहेको हो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब- काउन्सिल (सीसीपीआईटी-अटो) ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौता (एमओयू)मा हस्ताक्षर गरेका छन्।

यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रद्धर्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले जनाएको छ। व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ।

सम्झौताअन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुची राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ।

यस्तै सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ।

यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ। जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ। दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाको भनाइ छ। 


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend