शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

साताको उतारचढाव, तीन दिन बढ्दा दुई दिन घटेको सेयर बजार आगामी साता के होला ?

images
शुक्रबार, माघ ७ २०७८
images
साताको उतारचढाव, तीन दिन बढ्दा दुई दिन घटेको सेयर बजार आगामी साता के होला ?

अघिल्लो साता १६५.२८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३.५९ अंकले बढेको हो। गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ।

images
images

काठमाडौं- पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो।

images
images
images

यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ। यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको छ।

images
images

अघिल्लो साता १६५.२८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३.५९ अंकले बढेको हो। गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ।

images
images

साताको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको थियो। आइतबार नेप्से परिसूचक ६९ अंकले बढेर २ हजार ९२६.७४ विन्दुमा पुगेको थियो। आइतबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

त्यस्तै साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक २०.६४ अंक बढेर २९४७.३८ विन्दुमा पुगेको थियो। त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको थियो।

यस दिन कारोबारमा आएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। पछिल्लो दुई सातादेखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार भने गिरावट आएको थियो।

मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको थियो। तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको थियो। मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता सेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको थियो।

त्यस्तै, नेप्से परिसूचक बुधबार पनि गिरावट आएको थियोे। बुधबार नेप्से परिसूचक ३.३५ अंकले घटेर २ हजार ८९.३१ विन्दुमा झरेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.१ अंकले घटेको थियो। त्यस दिन कारोबारमा आएका २२ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता शेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८१ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो। यसरी साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ।  

बुधबार ३ अंकले गिरावट आएको नेप्से परिसूचकमा बिहीबार ३३ अंकले उकालो लागेको हो। साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ३३.०३ अंक बढेर २ हजार ९३१.३४ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ। कारोबारमा आएका २२९ कम्पनी १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ। गतसाता २ खर्ब ६ अर्ब ७८ ककरोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको छ।

गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कूल ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ रहेको थियो। यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ सम्पति बढेर ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ।


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend