शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने दुईजना पक्राउ

images
मंगलबार, मंसिर १८ २०८१
images
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने दुईजना पक्राउ

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० भिमसेनस्थान बस्ने ४४ वर्षीय निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका-५ बिरकोट घर भइ काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क बस्ने ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेका छन्।

images
images

पक्राउमध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निराजनलाई आइतबार र चन्द्र प्रकाशलाई सोमबार काठमाडौं टेकुबाट पक्राउ गरेको हो।

images
images

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर १८ २०८११३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend