शनिबार, साउन १२ गते २०८१    
images
images
images

पर्यटन व्यवसायीले भने सहज रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्छ

images
शुक्रबार, माघ ७ २०७८
images
images
पर्यटन व्यवसायीले भने सहज रुपमा व्यवसाय सञ्चालन गर्न दिनुपर्छ

संकटको बेलामा सरकारले पर्यटन व्यवसायलगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्नेभन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए।

images

काठमाडौं- कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्।

images
images

विभिन्न पेशामा आवद्ध व्यवसायीहरुले कोरोनाको भयावह अवस्था देखिएपछि विगतमा सरकारले लकडाउन गर्ने गरेको र त्यसले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै व्यवसायीहरुले अब कोरोनासँगै व्यवसाय सञ्चालन गर्न सरकारले सहजता प्रदान गर्नुपर्ने माग गरेका हुन्। 

images

संकटको बेलामा सरकारले पर्यटन व्यवसायलगायतका अन्य व्यापार व्यवसायका क्षेत्र बन्द गर्नेभन्दा पनि नियमलाई परिपालना गर्ने किसिमले सबैलाई समेटेर अघि बढ्नुपर्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताए।

उनले  बेलामा सरकारले सहुलियत ऋण उपलब्ध गराएर स्वास्थ्यका मापदण्ड पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिन माग गरे। व्यवसायी बाँस्तोलाले व्यवसायीहरुले पनि एउटा पेशामा मात्रै आधारित भएर काम गर्नु नहुने बताए। उनले राज्यले भरोसा नदिएको खण्डमा मजदुर र व्यवसायीहरु आफ्नो पेशाबाटै पलायन हुने अवस्था आइसकेको बताए।

images

‘नेपाल सरकारसँग दर्ता भएर रहेका कम्पनीहरु छन्। जुन कम्पनी दर्ता गर्दा डिपोजिटको रुपमा पनि राज्य कोषमा वा बैंकमा हामीले पैसा राख्नुपर्ने हुन्छ दुई वर्षको समयमा हामी अहिले कामहरु गर्न नसकेको अवस्था छ, कामहरु गर्ने वातावरण छैन,’ उनले भने, ‘थुप्रै साथीहरु ऋण खोजेर वा ऋण खोजेको भए ब्याजमा पैसा लिएर, जुन तरिकाले अहिलेसम्म साथीहरु टिक्नुभएको छ अब टिक्ने अवस्था छैन। यो कुरामा आम व्यवसायीहरुले कसरी लिनुपर्छ भन्ने मलाई लाग्छ भने राज्यले परकम्पनी कति ट्याक्स तिरेको छ त्यो हेरेर हुनसक्छ, वा अरु कम्पनीहरुलाई जमानी राखेर हुनसक्छ। एउटा एमाउण्ट व्यवसायीहरुलाई राज्यको तर्फबाट अलोकेट गरिदिनुपर्छ । त्यो लोन सटेन समयमा तिर्नेगरी मिनिमम ब्याजमा दिलाइदिनु पर्छ।’

खोप कार्ड अव्यवहारिक

त्यस्तै यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले खोपकार्ड हेरेर मात्रै विमानमा चढ्न दिने भन्ने निर्णय अव्यवहारिक भएको बताएका छन्।

उनले सरकारले यो निर्णय निर्णयका लागि मात्रै गरेको भन्दै व्यहारमा उतारेर कार्यान्वयन गर्न नसकिने बताए। सबै बालबालिकाहरुले कोरोनाविरुद्धको खोप नलगाइसकेको र नेपालमा पनि पर्याप्त जनसंख्याले खोप नपाएकोले सरकारले गरेको उक्त निर्णय कार्यान्वयनमा लैजान कठीन भएको उनले बताए।

प्रवक्ता बर्तौलाले विमानस्थलमा खोपकार्ड लगाएकाहरुलाई मात्र चढ्न दिँदा त्यसको रेकर्ड राख्ने सिस्टम नभएको भन्दै उनले सरकारले यस्ता निर्णयलाई सच्याएर सहजतापूर्वक काम गर्ने वातावरण मिलाइदिनु पर्ने बताए।

‘सीसीएमसी लगायत जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको छ। खोपकार्ड हरेर मात्रै बोर्डिङ पास दिने भन्ने। निर्णय त भएको छ तर व्यवहारमा कार्यान्वयन गर्न अलि गाह्रो छ। अब निर्णयको लागि मात्रै निर्णय हो भने ठिक हो। तर यसलाई राम्रोसँग कार्यान्वयन गर्ने हो भने समस्या पर्न आउँछ,’ उनले भने, ‘ कनभन्दा अहिलेसम्म नेपालीहरु ३५/४० प्रतिशतले मात्रै खोप लगाएका छन्। बाँकी ६५ प्रतिशतले जहाज चढ्न पाउने कि नपाउने? त्यो अवस्था पनि छ। अर्कोकुरा १८ वर्ष मुनिकाले खोप लगाइसकेको अवस्था छैन। बच्चाहरुलाई चढ्न दिने कि नदिने? कार्यान्वयन गर्ने हो भने त्यो सबै राम्रोसँग कार्यान्वयन गर्नुपर्छ होइन भने निर्णयको लागि मात्रै गरेर अव्यवहारिक छ। अर्को कुरा एयरपोर्टमा त्यो कार्ड हेरेपछि त्यसको रेकर्ड राख्ने सिस्टम के? न त्यो कार्डमा कोर्ड नम्बरहरु छ, न नम्बरिङहरु छ, त्यो नम्बरको आधारमा हामीले चढ्न दिनलाई। भोलि कोही मानिसले खोप लगाएको मानिस गएको गएन भनेर हेर्न आयो भने हामीले देखाउन सक्ने प्रमाण केही पनि हुँदैन।’

त्यस्तै होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताए।

उनले सरकारले विगतमा झैँ यस वर्ष पनि निर्देशन जारी गर्दा अर्थतन्त्रलाई उकास्न कुनै पहल नगरेको बताए। उपाध्यक्ष शाहले व्यवसाय टिकाउने कुरामा पनि ध्यान दिनुपर्ने भन्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे।

‘विभिन्न भेरियन्टका कारण अवस्था अन्योल छ। पहिलो, दोस्रोपछि होटल, पर्यटन क्षेत्रमा केही हिसावले लयमा आएको थियो। तर ओमिक्रोन आएपछि एकदम अन्योलता छ। मान्छेको आत्मविश्वासको स्तर घटेको छ। रमाइलोको लागि होटल, रेष्टुरेण्ट जाने भन्ने कुरा घट्छ। व्यवसाय नै घट्छ', उनले भने, ‘नियन्त्रणको कुरा मात्रै छ। त्यसले गर्दा झनै गह्रो भएको छ। एउटा के देखिएको छ भने अरु देशको पनि अभ्यास संक्रमण व्याप्त छ। नागरिकको जिउज्यान बचाउनको लागि कर्तव्य सबैको हो। सरकारको कदमलाई हाम्रो साथसहयोग हुन्छ नै। तर सरकारले जुन ३६ बुँदे वा सीडीओ साबहरुले २७ बुँदे विभिन्न निर्देशनहरु आयो त्यसमा नियन्त्रणको कुरा मात्रै छ। रोक्ने कसरी भन्ने कुरा मात्रै छ। सँगसँगै के आउनुपथ्र्यो भने रोजीरोटी, व्यवसाय, जीवनयापन पनि कसरी गर्ने त? रोग पनि छ भोक पनि छ।’


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend