काठमाडौं- भन्सार एजेन्टका लागि हुने भनिएको परीक्षा फेरि स्थगित भएको छ।
माघ २९ गते हुने भनिएको लिखित परीक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारणले स्थगित गरिएको भन्सार विभागले जानकारी दिएको छ।
यसअघि पनि कोरोना संक्रमणको जोखिमकै कारण परीक्षा स्थगित भएको थियो।
लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय लगायतले परीक्षा स्थगित गरेका कारणले विभागले पनि स्थगित गरेको जनाएको छ।
परीक्षाको अर्को मिति छिटै प्रकाशित हुने विभागले बताएको छ।