काठमाडौं- स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।
निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा २ लाख २६ हजार ७ सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन्।
यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्। शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ।
आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ। रासस