शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी

images
शनिबार, मंसिर १५ २०८१
images
नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी

'सकेसम्म ऋण नलिने भन्ने हो, लिनै परे उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने हो', सहकारीमन्त्री बलराम अधिकारीले भने।

images
images

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपालको राष्ट्रिय हितलाई उच्च प्राथमिकतामा राखेर वर्तमान सरकार अघि बढ्न स्पष्ट पारेका छन्।

images
images
images

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा नेपाल-चीन हिमालयन मैत्री समाज र ट्रान्सहिमालयन अनुसन्धान तथा अध्ययन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल-चीन सम्बन्ध : बीआरआई कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनले राष्ट्र र जनताको हितविपरित कुनै सम्झौता नहुने बताए। 

images
images

मुलुकको आर्थिक समृद्धिका लागि आवश्यक परेको अवस्थामा सरकारले ऋण र अनुदान दुवै लिन सक्ने जनाउँदै मन्त्री अधिकारीले अहिले बाहिर सार्वजनिक भए जस्तो ‘चीनसँग ऋण नलिने’ भन्ने विषय हुँदै नभएको स्पष्ट पारे। 'सकेसम्म ऋण नलिने भन्ने हो, लिनै परे उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने हो', उनले भने। 

images
images

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजालले नेपालले आवश्यकता ठानेका उच्च प्राथमिकतायुक्त परियोजनाका लागि वैदेशिक सहयोग लिनुपर्नेमा जोड दिँदै छिमेकी चीनसँगको सम्बन्धलाई प्रगाढ बनाएर नेपालको विकासका लागि पहल गर्नुपर्ने बताए।

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग बीआरआई सम्झौताअघि बढाउन उपयुक्त हुने सुझाव दिए। 'मुलुकलाई अहित हुने प्रावधान छन् भने अनुदान वा ऋण दुवै लिन हुँदैन', उनले भने, 'बीआरआई राष्ट्र हितमा छ भने लिऔँ, छैन भने छाडौँ।'

एमाले नेता एवं पूर्वमन्त्री आनन्द पोखरेलले राष्ट्रिय सहमति कायम गरेर बीआरआई सम्झौता गर्नु उचित हुने धारणा राख्दै दबाबमा नभई आवश्यकताका आधारमा परियोजना छनोट गर्नुपर्ने बताए। 'बीआरआई आर्थिक विकास र क्षेत्रीय ‘कनेक्टिभिटी’ को बृहत अवधारणा हो', उनले भने, 'बीआरआई सम्झौता गर्नुपर्छ, यो सम्झौता नगरेमा ऐतिहासिक अवसर गुम्नेछ।'

नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले बीआरआई अन्तर्गतका परियोजना छनोट र कार्यान्वयनमा राष्ट्रिय एकता कायम गरेर जानुपर्नेमा जोड दिँदै कार्यान्वयन सम्झौता नगरी अनुदान कि ऋण भनेर बहस गर्नुको अर्थ नभएको बताए।

चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले वैदेशिक सम्बन्धका आधारभूत विषयमा राजनीतिक दल र बौद्धिक जगतमा मैतक्य हुनुपर्नेमा जोड दिए। 'बीआरआई सम्झौतामा नेपालको सार्वभौम अधिकारमाथि किञ्चित अप्ठ्यारो पार्ने गरी शब्द, वाक्य र प्रावधान छैनन्', उनले भने, 'चीनसँग नेपालको सुख, दुःख र विश्वासको सम्बन्ध हो, कुनै हालतमा विश्वसाको संकट टुटाउन हुँदैन।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका सहकोषाध्यक्ष सोवित उप्रेतीले दुई देशबीचको सम्बन्धलाई नै असर पुग्ने गरी बीआरआईका बारेमा टिप्पणी गर्न नहुने बताए। रासस


प्रकाशित : शनिबार, मंसिर १५ २०८११७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend