काठमाडौं- साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ। बिहीबार ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ। शुक्रबारका लागि चाँदीको मूल्य १३ सय २५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ।