बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

जलविद्युत् आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गर्न ऊर्जामन्त्रीको पहल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १४ २०८१
images
जलविद्युत् आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गर्न ऊर्जामन्त्रीको पहल

स्थानीय सरकारले दिएको तथ्यांकअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको सेयरको ग्यारेन्टी सरकारले लिनुपर्ने उनको भनाइ थियो।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गर्न पहल थालेका छन् उनले सो कार्यक्रमअन्तर्गत गरिब तथा विपन्न वर्गको सेयर सुनिश्चित गर्न छलफल सुरु गरेका हुन्। 

images
images
images

'स्रोतसाधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले परिकल्पना गरेको समृद्ध मुलुक निर्माण हुनसक्दैन,' मन्त्री खड्काले भने।

images
images

उनले जलविद्युत् आयोजनाको सेयर निस्कासन गर्दा गरिब तथा विपन्न वर्गको ग्यारेन्टी राज्यले लिनुपर्ने नीतिलाई सरकारले अगाडि बढाउन खोजेको उल्लेख गरे।

images
images
images

मन्त्री खड्काले जनसङ्ख्याको आधारमा भन्दा पनि घरधुरीको आधारमा सेयरको व्यवस्था गरिने बताए। स्थानीय सरकारले दिएको तथ्यांकअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको सेयरको ग्यारेन्टी सरकारले लिनुपर्ने उनको भनाइ थियो। 'उक्त सेयरका लागि सरकारले वाणिज्य बैँकमार्फत सहुलियत दरमा कर्जा सुनिश्चित गर्नेछ,' उनले भने।

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत् आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ।

माथिल्लो त्रिशुली, माथिल्लो अरुण, अरुण किमाथांका, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बूढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत यसमा रहेका छन्।

उक्त कार्यक्रम सञ्चालनमा आएपछि गरिबीको रेखामुनी रहेका लक्षित वर्गको आर्थिक एवं सामाजिक जीवनस्तरमा सुधार आउने तथा समग्रमा राष्ट्रिय मानव विकास सुचकाङ्कमा समेत यसले सकारात्मक प्रभाव पार्ने ऊर्जा मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend