शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

२२ बैंकले ६ महिनामा कमाए २९ अर्ब ९० करोड, गत वर्ष भन्दा ११ प्रतिशत मात्रै बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
images
२२ बैंकले ६ महिनामा कमाए २९ अर्ब ९० करोड, गत वर्ष भन्दा ११ प्रतिशत मात्रै बढी
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुससम्ममा बैंकहरुको नाफा गत वर्षको साेही अविधको तुलनामा  संकुचन आएको छ। चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार नाफा ११ प्रतिशत मात्रै देखिएको छ। यसमा सबैभन्दा बढी नाफामा सुधार गर्नेमा सिभिल बैंक देखिएको छ। 

images
images
images

नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। २२ बैंकले  कुल २९ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका छन्। गत बर्ष यस्तो नाफा २६ अर्ब ७६ करोड रुपैयाँ थियो।

images
images

सिभिल बैंकले १४८.४७ प्रतिशतले नाफा गरेको छ। धेरै नाफा कमाउनेमा ग्लोबल आईएमइ बैंक बनेको छ।  त्यस्तै नाफा प्रतिशतमा धेरै सुधार गर्नेमा सिद्धार्थ बैंकले ७१.६८ प्रतिशतले  नाफा बढाएको छ। सेञ्चुरी बैंकले ५४.७७ प्रतिशत र नेपाल एसबीआइ बैंकले ५२.०४ प्रतिशतले नाफा बढाएको छ।

images
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४९.३६ प्रतिशत, एनसीसी बैंकले ४६.६७ प्रतिशत, सिटिजन्स बैंकले ४१.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले २५.९२ प्रतिशत, एनआईसी एसिया बैंकले १६.४७ प्रतिशत र ग्लोबल आइएमइ बैंकले १५.०४ प्रतिशतले नाफा बढाएका छन्। 

दुई अर्व भन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई, एनआईसी एसिया र नबिल बैंक रहेका छन्। त्यस्तै एक अर्ब भन्दा बढी नाफा कमाउनेमा मेगा बैंक एक अर्ब ४० करोड, प्रभु बैंक एक अर्ब २६ करोड, सिटिजन्स बैंकले एक अर्ब २४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक एक अर्ब ८ करोड, सानिमा बैंक एक अर्ब ७ करोड र माछापुच्छ्रे बैंक एक अर्ब एक करोड नाफा गरेको छ। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend