मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

श्री र सागर डिस्टिलरीले सर्वसाधारणका लागि १८ लाख कित्ता आईपीओ जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर १५ २०८१
श्री र सागर डिस्टिलरीले सर्वसाधारणका लागि १८ लाख कित्ता आईपीओ जारी गर्ने

काठमाडौं- रक्सी उत्पादन गर्दै आएका दुई कम्पनीले पनि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएका छन्।

श्री डिस्टिलरी र सागर डिस्टिलरीले आईपीओका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। उत्पादनमूलक उद्योगका कम्पनीहरू एकपछि अर्कोगरी पब्लिक कम्पनीमा रुपान्तरण हुँदै आएका छन्।

दोस्रो बजारमा उत्पादनमूलक उद्योग समूहको ६ हजार ८ सय २८ बिन्दुमा कारोबार भइरहेको छ। सेयर लगानीकर्तालाई आकर्षक लाभांश दिनसक्ने भएकोले पनि दोस्रो बजारमा उत्पादनमूलक उद्योगमा आकर्षण रहेको छ। सोहीअनुसार पछिल्लो समय सिमेन्ट डन्डीदेखि रक्सी उत्पादन गर्ने कम्पनीहरू धमाधम पब्लिक कम्पनी बन्ने र सर्वसाधारणलाई आईपीओ जारी गर्ने क्रममा छन्।

श्री डिस्टिलरीले इसु म्यानेजरमा प्रभु क्यापिटल नियुक्त गरिसकेको छ भने सागर डिस्टिलरीले मुक्तिनाथ क्यापिटललाई जिम्मा दिएको छ।

सन् १९८५ मा स्थापना भएको श्री डिस्टिलरीले किंग्स प्राइड ह्विस्की र माउन्ट एभरेष्ट ह्विस्की जस्ता ब्रान्डका लागि प्रख्यात छ। कम्पनीले ९ लाख ६० हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ जारी गर्ने छ।  

आईपीओ निष्कासन प्रक्रियामा रहेको सागर डिस्टिलरी लिमिटेडले ७ लाख ९२ हजार कित्ता प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले रोयल ब्लु ग्रे उल्फ बेरिज एन्ड ब्लु साथै लोकप्रिय भोड्का ब्रान्ड पनि उत्पादन गर्दै आएको छ।


प्रकाशित : शनिबार, मंसिर १५ २०८१०९:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend