बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पूर्वसचिव रेग्मीसहित चारजनाको आवेदन

images
शुक्रबार, मंसिर १४ २०८१
images
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पूर्वसचिव रेग्मीसहित चारजनाको आवेदन

२०८० कात्तिकमा सचिवबाट अवकाश पाएका डा. दामोदर रेग्मीले समेत निर्देशक पदका लागि आवेदन दिएका हुन्।

images
images

काठमाडौं- गएको १९ महिनादेखि रिक्त रहेको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि चारजनाले आवेदन दिएका छन्।

images
images
images

२०८० बैशाख ३ गते केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै उक्त पद रिक्त थियो।

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रका लागि आवश्यक पावर प्रणाली तथा प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांक खरिदमा अनियमितता भएको भन्दै ‍विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। उक्त मुद्दामा पौडेल दोषी ठहर भइसकेका छन्।

images
images
images

दोषी ठहरसँगै सरकारले २०८० फागुनमा पौडेलललाई पदबाट हठाएको थियो। पौडेल केन्द्रकै अन्त:शुल्क स्टिकर छपाइको मुद्दामा समेत दोषी ठहर भइसकेका छन्। 

पौडेललाई हटाएको १९ महिनापछि मात्रै सूचना तथा सञ्चार मन्त्रालयले खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्त गर्न भन्दै २०८१ मंसिर ३ गते आवेदन माग गरेको थियो।

सोहीअनुसार केन्द्रको कार्यकारी निर्देशक पदका लागि चारजनाले आवेदन दिएका छन्। चारजनाको आवेदन स्वीकृत भएको र अन्तर्वार्ता पछि हुने गरी मन्त्रालयले सूचना जारी गरेको छ।

कार्यकारी निर्देशक पदका लागि आवेदन दिनेका नेपाल सरकारका पूर्वसचिवसमेत रहेका छन्। २०८० कात्तिकमा सचिवबाट अवकाश पाएका डा. दामोदर रेग्मीले समेत निर्देशक पदका लागि आवेदन दिएका हुन्।

यसैगरी आवेदन दिनेमा अनुप बाँस्कोटा, देवराज ढुंगाना र सुरेश कुमार कार्की पनि रहेका छन्।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend