मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

एनआइएमबि एस क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा

शुक्रबार, मंसिर १४ २०८१
एनआइएमबि एस क्यापिटलको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं- एनआइएमबि एस क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको हो।

क्यापिटलको मंसिर १३ गते बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो। कम्पनीले उक्त प्रस्तावसहित पुस ५ गते साधारणसभा पनि बोलाएको छ।

एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुने जनाइएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।


प्रकाशित : शुक्रबार, मंसिर १४ २०८११३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend