काठमाडौं- सिभिल बैंकले नाफा कमाउने दरमा सबै बैंकलाई उछिनेको छ। सिभिल बैंकको नाफा ६ महिना अवधिमा गत वर्षको तुलनामा १४८.४२ प्रतिशले बढेको हो।
यो नाफाको दर विवरण सार्वजनिक भएका २२ बैंकको भन्दा बढी हाे। गत वर्षको ६ महिनमा २० करोड २८ लाख नाफा कमाएको बैंकले आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा ५० करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ। जुन नाफा गतवर्षको तुलनमा १४८.४२ प्रतिशतले बढी हो। बैंकले ६ महिनमा वितरण योग्य नाफा पनि सुधार गरेको छ।
बैंकले ६ महिनामा ९१ अर्ब ६९ करोड निक्षेप संकलन गर्दा ८३ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ११.६६ रुपैयाँ पुगेको छ।