मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

साना किसान लाभान्वित हुनेगरी बीमा कार्यक्रम कार्यान्वयन

images
बिहीबार , मंसिर १३ २०८१
images
साना किसान लाभान्वित हुनेगरी बीमा कार्यक्रम कार्यान्वयन

साना किसानले अधिकतम अनुदान प्राप्त गर्ने गरी ल्याइएको कार्यक्रममा ठूला लगानीका किसानले कम अनुदान पाउने व्यवस्था गरिएको छ।

images
images

काठमाडौं- सरकारले साना किसान लाभान्वित हुने गरी बाली तथा पशुधन बीमा कार्यक्रम लागु गरेको छ। उक्त कार्यक्रम अन्तर्गत बीमालेख ५० लाख रूपैयाँ जारी गरेका किसानलाई ८० प्रतिशत अनुदान, एक करोड सम्मका लागि ६५ करोड रूपैयाँ र एक करोड रूपैयाँभन्दा माथिको बीमालाई ५० प्रतिशतमा वर्गीकरण गरी कार्यक्रम लागु गरिएको हो।

images
images
images

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा धेरै किसानलाई बीमाको दायरामा ल्याउन र उनीहरुलाई अधिकतम सुविधा उपलब्ध गराउन बीमासम्बन्धी सरोकारवालासँग छलफलसहित विद्यमान कार्यविधि परिमार्जन गरी नयाँ कार्यक्रम लागू गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। हालसम्म सबै प्रकारको बीमामा किसानलाई बीमा शुल्क (प्रिमियम) को ८० प्रतिशतसम्म अनुदान दिने व्यवस्था थियो। 

images
images

साना किसानले अधिकतम अनुदान प्राप्त गर्ने गरी ल्याइएको कार्यक्रममा ठूला लगानीका किसानले कम अनुदान पाउने व्यवस्था गरिएको छ। बाली तथा पशुधन बीमाको प्रिमियम अनुदान उपलब्ध गराउने कार्यविधि २०८१ मा कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रत्येक वर्ष बाली तथा पशुधन बीमा कार्यान्वयन गर्ने जनाइएको छ।

images
images

सूचना अधिकारी जोशीका अनुसार गत कात्तिकदेखि कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रममा यस क्षेत्रमा बीमा गर्ने कम्पनीले जारी गरेको सम्बन्धित बीमालेख, त्यसको दायित्वलगायत आवश्यक सूचनाको विवरण प्रत्येक तीन महिनामा बीमा प्राधिकरणमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। सो विवरण प्राधिकरणले १५ दिनभित्र मन्त्रालयमा बुझाउनुपर्ने छ।

विसं २०६९ माघ १ गते देखि सुरु गरिएको बीमा कार्यक्रम व्यवस्थित गर्न विसं २०७० मा अनुदान निर्देशिकामार्फत ७५ प्रतिशत अनुदानको व्यवस्था गरिएको थियो। आर्थिक वर्ष २०७९/८० को बजेटबाट ८० प्रतिशत अनुदान दिइएको थियो।

सबैलाई समान रुपले अनुदान उपलब्ध गराउँदा ठूला लगानीका कृषि फार्म तथा किसानले अनुदानको धेरै रकम प्राप्त गरेकाले न्यायोचित वितरण गर्न नयाँ कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend