शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नबिल र एनआईसी एसियालाई उछिन्दै नाफा कमाउनेमा पहिलो बन्यो ग्लोबल आईएमई बैंक, सबै सूचकमा सुधार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
images
नबिल र एनआईसी एसियालाई उछिन्दै नाफा कमाउनेमा पहिलो बन्यो ग्लोबल आईएमई बैंक, सबै सूचकमा सुधार
images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले ६ महिनाको नाफामा विवरण सार्वजिनक भएको २२ बैंकलाई पछि पारेको छ। यसअघि एनआईसी एसिया बैंकको बढी हुने गरेकोमा ग्लोबल आइएमई बैंकले नबिल र एनआईसी बैंकलाई पनि पछि पारेको हो।

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो। खुद फि तथा कमिसन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको हो।

images
images

एनआईसी एसिया बैंकले ६ महिनामा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ भने नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दुबै बैंकलाई ग्लोबल आईएमई बैंकलाई उछिनेको हो। 

images
images

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १३.६९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १३.५७ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ४० लाख रुपैयाँ झरेको छ। जसले गर्दा सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१.४० रुपैयाँबाट बढेर २२.३९ रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा बैंकको मुल्य आम्दानी अनुपात १४.५६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३.४९ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०२:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend