मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार तीनदिन बढेको सेयर बजार साताको अन्तिम कारोबारमा भने घट्यो

८ अंकले घटेको बजारमा ८ अर्बको कारोबार, आगामी साता बढ्ला बजार?

बिहीबार , मंसिर १३ २०८१
लगातार तीनदिन बढेको सेयर बजार साताको अन्तिम कारोबारमा भने घट्यो

काठमाडौं- यो साता लगातार तीन कारोबारमा उकालो लागेको सेयर बजार साताको अन्तिम कारोबारमा भने पुन: ओरालो लागेको छ। यो साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार त्यसपछि लगातार तीन कारोबारमा ८८.९४ अंकले बढेको थियो। अन्तिम कारोबार दिन बिहीबार भने बजार ८.३० अंकले घटेर २७४८.५ बिन्दुमा ‌ओर्लिएको छ।

बिहीबार ५० कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रूपैयाँको कारोबार भएको छ। एकसय ९४ कम्पनीको सेयर मूल्य भने बिहीबार घटेको छ। 

गएको साता समग्रमा ६८.३५ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ओरालोतिरै लागेकोमा सोमबार, मंगलबार र बुधबार भने हरियाली देखिएको थियो। यो साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार सोमबार १५.८३ र मंगलबार ३३.४१ अंकले बढेको थियो। बुधबार पनि ३९.७० अंकले बढेर बजार २७५६.३७ बिन्दुमा पुगेको थियो।

लगातार तीन दिनको कारोबारमा बढेको बजारले सकारात्मक संकेत गरिरहँदा नीतिगत साथ मिलेमा बजारले नयाँ उचाइ लिने देखिन्छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा समेत लगानीकर्ता देखिन्छन्। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो।


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११४:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend