मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

थांकाबाट वार्षिक १५ लाख आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १३ २०८१
images
थांकाबाट वार्षिक १५ लाख आम्दानी

विगत २० वर्षदेखि थांका बनाउँदै आएका उनले थांकालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन्।

images
images

धरान- बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला  थांका बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख रुपैयाँ आर्जन गर्दै आएका छन्।

images
images
images

विगत २० वर्षदेखि थांका बनाउँदै आएका उनले थांकालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन्। 

images
images

उनले भने, 'बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ। घर खर्च यसैबाट जुटाउने गरेको छु। धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ'। तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिंगापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ। 

images
images

थांका चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन्। विदेशीले थांका चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए।

उनले १० जनालाई रोजगारी पनि दिएका छन्। उनीसँग थांका बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए। 
 
एउटा थांका चित्र बनाएर पहिलोपटक ५० हजार रुपैयाँमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले चार हजारदेखि पाँच लाख रुपैयाँसम्मका थांका बिक्री गर्दै आएका छन्। रासस


प्रकाशित : बिहीबार , मंसिर १३ २०८१११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend