काठमाडौं- एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/०७९को ६ महिनामा २ अर्ब ४० करोड खुद नाफा गरेको छ। यो नाफा गत वर्षभन्दा १६.५७ प्रतिशतले बढी हो।
नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउदा एनआईसी एसियाले भने नाफामा उछिनेको हो।
बैंकले दिने कर्जा पनि १७ प्रतिशतले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पुर्याएको छ। साथै, निक्षेप ८ प्रतिशतले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पुर्याएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ रहेको छ।