मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीकाे नाफा ८९.०४ प्रतिशतले बढ्याे

बिहीबार , मंसिर १३ २०८१
आम्दानी बढेसँगै हिमालयन डिष्टिलरीकाे नाफा ८९.०४ प्रतिशतले बढ्याे

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा र आम्दानी बढाएको छ। कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हाे।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.०४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५२.९७ प्रतिशत बढेको छ भने कुल नाफा ४७.६९ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ८०.४१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस १२ रुपैयाँ ४५ पैसा बढेर २९ रुपैयाँ ७७ पैसा पुगेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४५.८६ गुणा रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर १३ २०८१०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend