शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सानिमा बैंककाे नाफा १ अर्ब ७ करोड, वितरणयोग्य नाफामा सुधार

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ७ २०७८
images
सानिमा बैंककाे नाफा १ अर्ब ७ करोड, वितरणयोग्य नाफामा सुधार
images
images

काठमाडौं- सानिमा बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ  नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा १.३४ प्रतिशत बढी हो। 

images
images
images

यो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५७ करोड ८२ लाख रुपैयाँ रहेको छ। नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। 

images
images

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २२.२ रुपैयाँबाट घटेर १९.२ रुपैयाँमा झरेको छ।

images
images

सो अवधिसम्ममा बैंकको मुल्य आम्दानी अनुपात २०.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४०.२ रुपैयाँ रहेको छ। बैंकको निक्षेप १२.५४ प्रतिशत घटेको छ भने कर्जा १४.१३ प्रतिशत बढेको छ।


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०२:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend