आइतबार, चैत ३ गते २०८१    
आइतबार, चैत ३ २०८१
images
images

ग्लोबल आईएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग

images
बुधबार, मंसिर १२ २०८१
images
images
ग्लोबल आईएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरिरहेको जनाएको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ।

images
images

ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बीच उक्त सहयोग हस्तान्तरण गरे।

images
images

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताए।

images
images

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन्।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरिरहेको जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर १२ २०८११७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend