बिहीबार , मंसिर २७ गते २०८१    
images
images

वृद्धितर्फको लयमा देखिँदै सेयर बजार, लगातार ८८ अंकले बढ्यो

images
बुधबार, मंसिर १२ २०८१
images
images
वृद्धितर्फको लयमा देखिँदै सेयर बजार, लगातार ८८ अंकले बढ्यो
images
images

काठमाडौं- यो साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार त्यसपछि लगातार तीन कारोबारमा ८८.९४ अंकले बढेको छ। 

images
images
images

गएको साता समग्रमा ६८.३५ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार ओरालोतिरै लागेकोमा सोमबार, मंगलबार र बुधबार भने हरियाली देखिएको हो। यो साता आइतबार १३.०३ अंकले घटेको सेयर बजार सोमबार १५.८३ र मंगलबार ३३.४१ अंकले बढेको थियो। 

images

बुधबार ३९.७० अंकले बढेर बजार २७५६.३७ बिन्दुमा पुगेको छ। ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँको कारोबार भएको बजारमा १९९ कम्पनीको सेयर मूल्य बढेको छ। ४० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा अहिले सुधारको संकेत देखिएको छ। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा समेत लगानीकर्ता देखिन्छन्। लगातार तीन दिनको कारोबारमा बढेको बजारले सकारात्मक संकेत गरिरहँदा नीतिगत साथ मिलेमा बजारले नयाँ उचाइ लिने देखिन्छ। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : बुधबार, मंसिर १२ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend