काठमाडौं- नबिल बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२० प्रतिशत बढी हो।
बैंकको पुसमसान्तसम्म खुद ब्याज आम्दानी ३५.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ०.५१ प्रतिशत बढेको छ। ६ महिना अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।
बैंकको नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। प्रतिसेयर आम्दानी २९.९९ रुपैयाँबाट घटेर २३.५९ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७.०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४.२८ रुपैयाँ रहेको छ।