सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

उपत्यकाभित्र शुक्रबार रातिदेखि यातायातमा जोर-विजोर, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ६ २०७८
images
images
उपत्यकाभित्र शुक्रबार रातिदेखि यातायातमा जोर-विजोर, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
images
images

काठमाडौं- काठमाडौं उपत्यकामा भोलि शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीका साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ।

images
images

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधनहरुमा यस्तो नियम लगाउने निर्णय गरेको हो।

images
images

जसअन्तर्गत जोर गते अन्त्यमा जोर नम्बर आउने र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको हो। सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क अनिर्वाय लगायतका यसअघिका निमय कायमै छन्।

images
images
images

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढीलाई प्रवेश नदिइने र प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ।

औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन।

साथै नयाँ नियमअनुसार सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमाहल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थक्लव, जीमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय चिडियाखाना, कभर्ड हल, स्वीमिङ पुल,फुटसल, जात्रा, महोत्सव, पटकेहाटबजार मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम गर्न रोक लगाइएको छ।

शैक्षिक संस्थाहरूले भौतिक (तालिम केन्द्र, कोचिङ सेन्टर ट्यूसन,कलेज,विद्यालय) उपस्थितिमा गर्ने पठन पाठन गर्न पाउने छैनन्। विश्वविद्यालय/विद्यालय/शिक्षालयका परीक्षा, जनशक्ति भर्नाका परीक्षा लगायतका किसिमका परीक्षाहरू गर्न पनि रोक लगाइएको छ। तर विश्वविद्यालय आयोगको पूर्वनिर्धारित विशिष्ठ प्रकृतिको छनौट परीक्षा (विदेशी भाषा परीक्षासमेत) स्वास्थ्य मापदण्डको पालना गरी गराई सञ्चालन सकिने आदेशमा भनिएको छ।

यस्तै पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक-चौथाइमा नबढ्ने गरी सञ्चालन गर्न पाइने छ। तर, पूर्ण खोप लगाएको कार्ड भने देखाउनुपर्ने छ। प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिएर विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्न दिने प्रशासनले जनाएको छ।


प्रकाशित : बिहीबार , माघ ६ २०७८१५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend