मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कर्णाली डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको कारबाही, निक्षेप संकलन गर्न र कर्जा दिन रोक

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर १२ २०८१
कर्णाली डेभलपमेन्ट बैंकमाथि राष्ट्र बैंकको कारबाही, निक्षेप संकलन गर्न र कर्जा दिन रोक

कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइ शीघ्र सुधारात्मक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड बाँकेलाई थप निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको छ।

केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार कर्णाली डेभलपमेन्ट बैंकले कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको पाइएकाले निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाएको हो।

निष्कृय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत कायम हुनेलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले सो संस्थालाई निक्षेप लिन तथा थप कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले उक्त संस्थाको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा उक्त कारबाही गरिएको हो। सो कारबाही आजैका मितिदेखि लागु हुनेछ। 

कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइ शीघ्र सुधारात्मक कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८१११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend