आइतबार, भदौ २३ गते २०८१    
images
images

निगमलाई कम्पनी मोडलमा लैजाने ‘च्याप्टर क्लोज’, पर्यटन मन्त्री आलेले लत्याए विज्ञका सुझाव र बजेटरी व्यवस्था

images
बिहीबार , माघ ६ २०७८
images
images
निगमलाई कम्पनी मोडलमा लैजाने ‘च्याप्टर क्लोज’, पर्यटन मन्त्री आलेले लत्याए विज्ञका सुझाव र बजेटरी व्यवस्था

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निगमलाई कम्पनी मोडलमा लैजाने यस अघिका सबै निर्णय खारेज गरेको व्यहोरा बिहीबारको सञ्चालक समितिमा जानकारी गराएसँगै निगमलाई कम्पनी मोडलमा लैजान  योजना रोकिएको हो।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने विषय तत्कालका लागि रोकिएको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निगमलाई कम्पनी मोडलमा लैजाने यस अघिका सबै निर्णय खारेज गरेको व्यहोरा बिहीबारको सञ्चालक समितिमा जानकारी गराएसँगै निगमलाई कम्पनी मोडलमा लैजान  योजना तत्कालका लागि रोकिएको हो।

बजेटलगायत विभिन्न समयमा गठन भएकाे कार्यदलकाे सुझाव तथा याेजना आयाेगकाे सिफारिस समेत लत्याउँदै मन्त्री आलेले यस्ताे निर्णय गरेर निगम सञ्चालक बाेर्डमा पठाएका हुन्। आर्थिक वर्ष २०७८/०७९ प्रतिस्थापन  बजेटमा समेत निगमलाई कम्पनी मोडलमा लैजाने विषय समावेश गरिएको थियाे। 

मन्त्री आलेले निगमका कर्मचारी युनियनको दबाबमा केही दिनअघि निगमलाई कम्पनी मोडलमा नलाने निर्णय गरेका थिए।

images

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयबाट प्राप्त विवरण विहीबारको बैठकमा राखेका थिए। बैठकले ‘मन्त्रालयबाट निजीकरण नगर्ने जानकारी आएको’ व्यहोराको निर्णय गरेको छ।

पर्यटन मन्त्रालयबाट निर्णय भएसँगै निगमको निजीकरण अब अघि बढ्ने छैन। तर अधिकारीले कर्मचारी लगाएर निगममा ३ सञ्चालकहरुलाई बिहीबारको बैठकमा  प्रवेश गर्न दिएका थिएनन्। बैठकमा प्रवेश गर्न नपाएका सञ्चालकहरुले संयुक्त रुपमा कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जानकारी गराउँदै नोट अफ डिसेन्ट लेटर पठाएका छन्।

तर अर्थ सचिवले नै निगमलाई कम्पनी मोडलमा नलैजाँदासम्म कुनै सहयोग नहुने बताइरहको बेला मन्त्री आलेले यस्तो निर्णय गरेर निगम सञ्चालक बैठकमा पेस गर्न पठाएका थिए।

यसअघि २०७८ असार बसेको निगम सञ्चालक बोर्डले निगमलाई कम्पनी लैजाने निर्णय भएको थियो। 

आधा दर्जन सरकारी अध्ययन लत्याउँदै पर्यटनमन्त्री आलेले भने- निगम सरकारी स्वामित्वमै चल्छ, कम्पनी मोडलमा लगिँदैन

निगमका ३ सञ्चालकहरुलाई प्रवेश निषेध गरेर बोर्ड बैठक, प्रवेश गर्न नपाएपछि जारी गरे नाेट अफ डिसेन्ट


प्रकाशित : बिहीबार , माघ ६ २०७८१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend