शनिबार, साउन १२ गते २०८१    
images
images
images

निगमका ३ सञ्चालकहरुलाई प्रवेश निषेध गरेर बोर्ड बैठक, प्रवेश गर्न नपाएपछि जारी गरे नाेट अफ डिसेन्ट

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ६ २०७८
images
images
निगमका ३ सञ्चालकहरुलाई प्रवेश निषेध गरेर  बोर्ड बैठक, प्रवेश गर्न नपाएपछि जारी गरे नाेट अफ डिसेन्ट
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले ३ जना सञ्चालकलाई निगम प्रवेश गर्न नदिइ बोर्ड बैठक राखेको छन्।

images
images

बिहीबारको बोर्ड बैठकका लागि निगम केन्द्रीय कार्यालय  पुगेको निगम सञ्चालक डिमप्रकाश पौडेल (पूर्वमहाप्रबन्धक), ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई निगम केन्द्रीय कार्यालयको गेटमा आफू निकट कर्मचारीलाई लगाएर प्रवेश गर्न रोक लगाएका हुन्।

images

कर्मचारीहरुलाई निगमलाई कम्पनी मोडलमा लैजाने निर्णय गर्ने मध्येका ३ सञ्चालकलाई प्रवेश गर्न प्रतिबन्ध भन्दै कालो ब्यानर गेटमा राख्न लगाएको निगम स्रोतको भनाइ छ। गेटबाटै प्रवेश गर्न नदिएपछि ३ जना सञ्चालकहरुले नोट अफ डिसेन्ट लेख्दै फर्किएका हुन्।

तर कम्पनी मोडलमा लैजानका लागि आवश्यक कागज पत्र तयार गर्ने मुख्य लिडर व्यवसायी किशोर प्रधानलाई भने अधिकारीले सुटुक्क बोर्ड बैठकमा प्रवेश गराएका थिए।

images

निगम स्रोतका अनुसार ३ जना सदस्यहरुलाई लगातार ३ वैठकमा अनुपस्थित भएको भन्दै हटाउने तयारीका लागि कर्मचारी लगाएर प्रवेश गर्न नदिइएको हो।

३ जना सञ्चालक उपस्थित भएको अवस्थामा आफू अनकुल निर्णय गर्न नसक्ने र उनीहरु बाहेकमा पर्यटन मन्त्रालय, अर्थमन्त्रालय र व्यवसायी प्रधान उपस्थित भएर बहुमतको निर्णय गर्न उनीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएका हुन्।

आजको वैठकमा अर्थ र पर्यटन मन्त्रालयका प्रतिनिधिहरु भने सहभागी भएका छन्।

अध्यक्ष अधिकारीले पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा उनीहरुलाई लगातार ३ वैठकमा प्रवेश गर्न नदिने र कारबाही गरे हटाउने खेल गरेका हुन्। यतिसम्म कि अधिकारीले ३ जना सञ्चालकहरु कार्यालयको गेटमा पुगेपछि ताला लगाउन कर्मचारी खटाएका थिए।

साथै आलेको निर्देशनमा उनीहरुलाई कारबाही सिफारिस गर्ने र हटाएर आफू निकटलाई सञ्चालक बनाउने खेलमा रहेको आलेलाई अधिकारीले सहयोग गरेका हुन्।


सोहीको विरोधमा सञ्चालहरुले जारी गरेको नोटअफ डिसेन्टको पूर्ण पाठ


प्रकाशित : बिहीबार , माघ ६ २०७८१३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend