शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

images
बुधबार, मंसिर १२ २०८१
images
images
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ २३ पैसा कायम भएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ।

images
images
images

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रूपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रूपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ६० पैसा कायम गरिएको छ।

images
images

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३० पैसा र बिक्रीदर ८७ रूपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रूपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रूपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

images
images
images

जापानी येन १० को खरिददर आठ रूपैयाँ ७५ पैसा र बिक्रीदर आठ रूपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रूपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ८८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९० पैसा, यूएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ २० पैसा र बिक्रीदर ३० रूपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ६३ पैसा र बिक्रीदर नौ रूपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ २७ पैसा र बिक्रीदर १२ रूपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रूपैयाँ ९७ पैसा र बिक्रीदर १९ रूपैयाँ ०५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्‌कङ डलर एकको खरिददर १७ रूपैयाँ ३० पैसा र बिक्रीदर १७ रूपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रूपैयाँ ५८ र बिक्रीदर चार सय ३९ रूपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रूपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रूपैयाँ ७० पैसा तय भएको छ। यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रूपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५१ रूपैयाँ २६ पैसा तय भएको छ।

भारतीय रूपैयाँ एक सयको खरिददर एकसय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ। रासस


प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend