शुक्रबार, चैत १५ गते २०८१    
शुक्रबार, चैत १५ २०८१
images
images

रद्द भएको एक वर्षपछि प्रसारणलाइनको टेन्डर आह्वान गर्‍यो एमसीए नेपालले

images
बुधबार, मंसिर १२ २०८१
images
images
रद्द भएको एक वर्षपछि प्रसारणलाइनको टेन्डर आह्वान गर्‍यो एमसीए नेपालले

अघिल्लोपटकको टेन्डरमा कम्पनीहरूले न्यूनतम प्रस्ताव नै अनुमानभन्दा ६६ प्रतिशत बढी प्रस्ताव गरेका थिए।

images
images

काठमाडौं- रद्द भएको एक वर्षपछि एमसीए नेपालले विद्युत प्रसारणलााइन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। 

images
images

बिडरहरूले अस्वाभाविक लात अनुमान गरेको भन्दै एमसीए नेपालले गत वर्षको असोजमा ठेक्का रद्द गरेको थियो। तीन भागमा विभाजन गरेर प्रसारणलाइन निर्माणका लागि भएको टेन्डर रद्द भएको एक वर्षभन्दा धेरै समयपछि फेरि आह्वान गरिएको छ। 

images
images

समयमै आयोजना निर्माण हुने विषयमा प्रश्न उठिरहेको समयमा एमसीए नेपालले फेरि टेन्डर आह्वान गरेको हो। 

images
images

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले लट-१ को लप्सीफेदी-रातामाटे-न्यु हेटौँडा, दोस्रो चरण (लट-२) को रातामाटे-न्यु दमौली, र तेस्रो (लट-३) को न्यु बुटवल-नेपाल/भारत सीमा क्षेत्रसम्मको प्रसारण लाइन निर्माणका लागि आह्वान गरिएको टेन्डर आह्वान गरेको हो। 

एमसीसीको सबैभन्दा ठूलो परियोजना प्रसारणलाइन निर्माण झन जटिल हुँदै गएको छ। अहिलेसम्म जग्गा अधिग्रहणको कामा उल्लेख्य प्रगति भएको छैन भने अर्कोतिर टेन्डरमै ढिलाइ भएको छ। 

अघिल्लोपटकको टेन्डरमा कम्पनीहरूले न्यूनतम प्रस्ताव नै अनुमानभन्दा ६६ प्रतिशत बढी प्रस्ताव गरेका थिए। 

एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल-भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माण गर्न आर्थिक सहयोग गर्दैछ।

अहिले १८ किमी लामो सीमापार प्रसारण लाइन र तीनवटै सबस्टेसन निर्माणका लागि सम्झौता भइसकेको छ।


प्रकाशित : बुधबार, मंसिर १२ २०८११०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend