बुधबार, मंसिर १९ गते २०८१    
images
images

२३ अर्ब लागत अनुमान गरिएको कर्णाली प्रदेशकै आकर्षक जगदुल्ला जलविद्युत आयोजना वर्षौँपछि बल्ल निर्माण सुरु हुँदै

images
बिहीबार , मंसिर १३ २०८१
images
images
२३ अर्ब लागत अनुमान गरिएको  कर्णाली प्रदेशकै आकर्षक जगदुल्ला जलविद्युत आयोजना वर्षौँपछि बल्ल निर्माण सुरु हुँदै

पछिल्लो समय भएको ग्लोबल टेन्डरमा ७ निर्माण कम्पनीले आवेदन दिएका छन्। जसको अहिले प्राविधिक मूल्यांकन अन्तिम चरणमा पुगेको छ। १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

images
images

काठमाडौं- कर्णाली प्रदेशकै आकर्षक परियोजना जगदुल्ला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा जाने भएको छ। लामो समयदेखि रोकिएको परियोजना अब भौतिक निर्माणमा जाने अन्तिम तयारीमा पुगेको हो।

images
images
images

पछिल्लो समय भएको ग्लोबल टेन्डरमा ७ निर्माण कम्पनीले आवेदन दिएका छन्। जसको अहिले प्राविधिक मूल्यांकन अन्तिम चरणमा पुगेको छ। १०६ मेगावाट क्षमतामा निर्माण हुने आयोजना ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

images

प्राविधिक रुपमा छनोट भएपछि आर्थिक प्रस्ताव मागिने र सोही प्रस्तावमा उपयुक्त कम्पनीलाई आयोजना निर्माणको जिम्मा दिने तयारी रहेको जगदुल्ला जलविद्युत् हाइड्रोपावर कम्पनी लिमिटेडका प्रवक्ता सुरेश ओलीले जानकारी दिए।

images

आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा कम्पनीले १६ अर्ब ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजीबाट जुटाइने प्रवक्ता ओलीले बताए।

संस्थापक सेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको सेयर स्वामित्व छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण ९ प्रतिशत, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक-एक प्रतिशत बराबरको सेयर स्वामित्व छ।

सर्वसाधारण सेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन-तीन प्रतिशत बराबरको सेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ। कम्पनीको अधिकृत पुँजी ८ अर्ब, जारी पुँजी ७ अर्ब १ करोड र चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ बराबर छ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ। जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ।

नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको काम भइरहेको छ। सो बैंकले चार अर्ब ७० करोडबराबर लगानी गर्नेछ। यस्तै नबिल बैंकले ४ अर्ब, एचआईडीसीएलले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब, एभरेष्ट बैंकले १ अर्ब ५० करोडबराबर लगानी गर्नेछ। आयोजनाको निर्माणअवधि पाँच वर्षको छ।

आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो। विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र भने २०७६ पुस १६ गते प्राप्त गरेको थियो। आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा बैशाखमा हस्ताक्षर भएको थियो।

अर्धजलाशययुक्त आयोजनाको ग्रस हेड ७ सय ८९ मिटर छ। आयोजनाले ६ सय २३ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ। आयोजनामा कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेगरी डिजाइन तयार पारिएको छ। जगदुल्ला गाउँपालिका-१ को हुरिकोटमा बाँध निर्माण गरी ६.१ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रर्क्युरमेन्ट, कन्स्ट्रक्सन (इपीसी) मोडलमा ठेक्का आह्वान गरिएको थियो। जेआईइसी र शर्मा एन्ड कम्पनीमार्फत लिड हुनेगरी चिनियाँ कम्पनीले झोङदिङ इन्टनेशनल इन्जिनियरले संयुक्तरुपमा आवेदन दिएका छन्।

यस्तै सोमा अविर र आरएससी जेभीले लिड गर्दै आवेदन दिएका छन्। एजीई कम्पनी र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले संयुक्तरुपमा आवेदन दिएका छन्।

सिन्हो हाइड्रो कर्पोरेसन लिमिटेड, जेसीई र एएनके ज्वाइन्ट भेन्चरमा आवेदन दिएका छन्। त्यस्तै रेल विकास निगम पटेल, इन्जिनियरिङ र लामा कन्स्ट्रक्सनले संयुक्त रुपमा आवेदन दिएका छन्। ओम र फेवा जेभी कन्स्ट्रक्सनले पनि संयुक्त रुपमा आवेदन दिएका छन्।


प्रकाशित : बिहीबार , मंसिर १३ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend