मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

‘ईभीआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा

images
मंगलबार, मंसिर ११ २०८१
images
images
‘ईभीआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा

ईभीआरएसमा गाडीको ‘ब्लुबुक’मा सवारी धनी र आर्थिक लगानी गर्नेको नाम देखाए पनि ऋणीको नाम नदेखाउँदा सेवा प्रवाहमा हैरानी भएको कर्मचारी बताउँछन्।

images
images

सुदूरपश्चिम- यातायात व्यवस्था कार्यालय धनगढीले प्रयोगमा ल्याएको अनलाइन सवारी दर्ता प्रणाली (ईभीआरएस) माफर्त् गाडी नामसारी गर्न मनोज लामालाई एक हप्ता लाग्यो। सवारी साधन कारोबार गर्ने कम्पनीका प्रतिनिधि लामाले ईभीआरएसमा पूर्ण विवरण नदेखाउँदा गाडी नामसारी गर्न समय लागेको बताए।

images
images
images

ईभीआरएसमा गाडीको ‘ब्लुबुक’मा सवारी धनी र आर्थिक लगानी गर्नेको नाम देखाए पनि ऋणीको नाम नदेखाउँदा सेवा प्रवाहमा हैरानी भएको कर्मचारी बताउँछन्। अर्का सेवाग्राही मनोज कार्कीले कम्युटरमा राजस्व तिरेकोसम्बन्धी पूरा विवरणसमेत नदेखाउने गरेको बताए।

images
images

उक्त प्रणालीले पछिल्ला महिनामा यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारी र सेवाग्राही हैरान भएका छन्। ईभीआरएस प्रणाली पूर्ण नहुँदा सेवा प्रवाह प्रभावित भएको कार्यालय प्रमुख विनोद मालीले बताए।

images
images
images

उनले भने, 'यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको कम्प्युटर सफ्टवेयर अपूरो हुँदा कर्मचारी र सेवाग्राहीलाई समस्या भइरहेको छ, समस्या समाधानका लागि विभागमा लेखिपठाइएको भए पनि उताबाट सम्बन्धित जनशक्ति नभएको भन्ने जवाफ आएकाले समस्या समाधान हुनसकेको छैन।'

गत वर्षदेखि धनगढी र कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयबाट ईभीआरएस प्राणालीमार्फत् सेवा प्रवाह भइरहेको छ। बुटवल र नेपालगञ्जस्थित यातायात कार्यालयमा पनि सो प्रणाली लागु गरिएकामा समस्या देखिन थालेपछि बुटवल कार्यालयले पुरानै तरिकाबाट सेवा दिन थालेको जनाएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend