शनिबार, मंसिर ८ गते २०८१    
images
images

लफडामा फसेको जीवन विकाससहित ६ लघुवित्तले लाभांश घोषणा गरेनन्, ४२ कम्पनीको खातामा आउँदै

images
शुक्रबार, माघ ७ २०७८
images
images
लफडामा फसेको जीवन विकाससहित ६ लघुवित्तले लाभांश घोषणा गरेनन्, ४२ कम्पनीको खातामा आउँदै

लघुवित्तमा गतवर्ष मात्रै साधारण सेयर जारी गरेको जीवन लघुवित्तले समेत लाभांश घोषणा गर्न सकेको छैन।

images
images

काठमाडौं- नेप्सेमा सूचीकृत ५१ मध्ये अझै ६ वटा लघुवित्त कम्पनीले सेयरधनीलाई लाभांश प्रस्ताव नै गर्न सकेका छैनन्। अधिकांश कम्पनीले साधरणसभासमेत सम्पन्न गरेर सेयरधनीको खातामा लाभांश समेत आइसक्दा ६ कम्पनीले भने घोषणासमेत गर्न नसकेका हुन्।

images
images
images

लघुवित्तमा गतवर्ष मात्रै साधारण सेयर (आईपीओ) जारी गरेको जीवन लघुवित्तले समेत लाभांश घोषणा गर्न सकेको छैन।

images

आन्तरिक किचलोमा फसेको जीवन लघुवित्तसहित समाज लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था र नयाँ सारथि लघुवित्त वित्तीय संस्था लाभांश घोषणा प्रस्ताव नै नगरेका हुन्। 

images

नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था मर्जरमा गएपछि एकीकृत कारोबार सुरु गरी विन नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट मंगलवार सेयर सूचीकृत गराएको छ। मर्जरका कारण रोक्का भएको कम्पनीको सेयर बुधबर फुकुवा भएको थियो। कम्पनीको सेयर कारोबार फुकुवा भएपनि खरिद बिक्री भने भएको छैन। 

अहिलेसम्म ४२ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् भने तीनवटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा गरेका छन्। सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त वित्तीय संस्था र माुनषी लघुवित्त वित्तीय संस्थाले लाभांशै नदिएका हुन्।

लघुवित्त कम्पनीमध्ये हालसम्म महिला लघुवित्त वित्तीय संस्थाले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ। कम्पनीले ४७.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश साधारण सभाबाट पारित भइसकेको छ।

त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्त वित्तीय संस्थाको रहेको छ। कम्पनीले ५.५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। यस कम्पनीले पनि उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ। अन्य अधिका‌श कम्पनीले साधारणासभा सम्पन्न गरेर लाभा‌श सेयरधनीकाे खातामा पठाउँदै छन्। 


प्रकाशित : शुक्रबार, माघ ७ २०७८०१:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend