काठमाडौं- दुई ठूला इन्स्योरेन्स कम्पनीलाई नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्ने अनुमती दिएको छ। आईएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले हकप्रद जारी गर्ने अनुमती पाएका हुन्। नेपाल धितोपत्र बोर्डले बिहीबार नै दुई कम्पनीलाई हकप्रदको अनुमती दिएको हो।
पछिल्लो समय बोर्ड अध्यक्ष विवादले हकप्रद, आईपीओ र एफपीओ अनुमती रोकिएका थिए। बोर्डले बिहीबारबाट सबै प्रकारका अनुमती जारी गर्न थालेको हो।
आईएमई जनरल कम्पनीलाई ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमती पाएको छ। त्यस्तै शिखर इन्स्योरेन्सलाई पनि ५२ लाख ७५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने अनुमती पाएको हो।
शिखरले अब सेयरधनीलाई १०ः३ रेसियो र आईएमई जनरलले १०ः४ रेसियो अनुपातमा हकप्रद जारी गर्ने अनुमती पाएका हुन्।