शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर ११ २०८१
images
images
बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी

विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिएका छन्।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक छ लाख रुपैयाँ बचत हुने गरेको बताए। 

images
images
images

डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत गरेका थिए। उनले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल भएका छन्। विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिएका छन्। 

images
images

सुरुका वर्षमा स्थानीयको एक कच्चीघरसहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताए। उनका अनुसार फार्ममा अहिले साना र ठूलागरी दुई दर्जनबढी बाख्रा छन्। 

images
images
images

दसैँको समयमा १० वटा खसी आठ वटा बोका बिक्री गरेको डाँगीले जानकारी दिए। खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रतिकेजी आठ सय र बोका जिउँदो सात सय ६५ का दरले बिक्री गरेको उनले बताए।

डाँगीले फार्ममा अहिलेसम्म १५ लाखबढी लगानी भइसकेको बताए। खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक १४ देखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक छ लाखसम्म बचत हुने गरेको उनले उल्लेख गरे। 

घाँसको पर्याप्त उत्पादन नहुँदा, दाना तथा चरणलगायत अन्य सामग्री खरिद गर्नुपरेकाले लागत खर्च बढेको पनि डाँगीले बताए। 'अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाए पनि आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन', उनले भने। 

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट बाख्रा हेर्न, जानकारी लिन तथा खरिदका लागि मानिस आउने गरेका डाँगीले बताए। किसानद्वारा उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न कृषिमा अनुदान, आर्थिक सहयोग तथा सीप विकासमा स्थानीय सरकार केन्द्रित हुनुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११०:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend