शुक्रबार, वैशाख १२ गते २०८२    
शुक्रबार, वैशाख १२ २०८२
images
images

सरकारी र सार्वजनिक संस्थाको आयकरमा उत्साह, निजी कम्पनीको स्थिर

images
मंगलबार, मंसिर ११ २०८१
images
सरकारी र सार्वजनिक संस्थाको आयकरमा उत्साह, निजी कम्पनीको स्थिर

सार्वजनिक र सरकारी संस्थाको आम्दानी बढेर आयकरमा वृद्धि हुँदा निजी कम्पनीबाट संकलन हुने आयकर भने स्थिर रहेको छ। आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार २०८०/८१ मा ३९ अर्ब ९० करोड आयकर संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा जम्मा ९ करोडमात्र धेरै हो।

images
images

काठमाडौं- सरकारी र सार्वजनिक कम्पनीको आम्दानीमा सुधार भएर सरकारी ढुकुटीमा आउने आयकरमा उत्साहजनक वृद्धि भएपनि निजी कम्पनीको भने स्थिर देखिएको छ। 

images
images
images

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा सरकारी र सार्वजनिक कम्पनीको आयकरमा उच्च वृद्धि देखिएपनि निजी कम्पनीको भने स्थिर देखिएको हो। 

images
images

सरकारी संस्थानको आयकर ७१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब २३ करोड रुपैयाँ सार्वजनिक संस्थानबाट संकलन भएको छ। यस्तो कर २०७९/८० मा जम्मा ८ अर्ब ८८ करोडमात्र संकलन भएको थियो। 

images
images

त्यस्तै सार्वजनिक कम्पनीको आयकर पनि ३१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक कम्पनीबाट ७१ अर्ब ७ करोड कर संकलन भएको थियो। जब कि त्योभन्दा अघिल्लो वर्ष घटेर भएर ५४ अर्ब ४४ करोडमात्र संकलन भएको थियो। 

सार्वजनिक र सरकारी संस्थाको आम्दानी बढेर आयकरमा वृद्धि हुँदा निजी कम्पनीबाट संकलन हुने आयकर भने स्थिर रहेको छ। आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार २०८०/८१ मा ३९ अर्ब ९० करोड आयकर संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा जम्मा ९ करोडमात्र धेरै हो। 

सरकारी र सार्वजनिक संस्थाबाट संकलन हुने आयकर वृद्धि हुँदा संस्थागत आयकर २० प्रतिशतले बढेको छ। निजी कम्पनीबाट आउने करमा वृद्धि नहुँदा पनि समग्रमा वृद्धि भएको हो।

संस्थागत आयकरमा निजी कम्पनीको योगदान दोस्रो हुँदै आएको छ। पहिलोमा सार्वजनिक कम्पनी रहेका छन्। सार्वजनिक कम्पनीमा बैंक तथा वित्तीय संस्थाको योगदान यसमा उच्च रहन्छ। 

व्यक्तिगत आयकरमा भने सामान्य वृद्धि भएको छ। २०८०/८१ मा व्यक्तिगत आयकर ९१ अर्ब ४८ करोड संकलन भउको छ। यो तीन वर्षअघिकोभन्दा न्यून हो। लगानीसँग सम्बन्धित आयकर भने ४८ अर्ब ८८ करोड संकलन भएको छ। 


प्रकाशित : मंगलबार, मंसिर ११ २०८११०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend