शनिबार, साउन १२ गते २०८१    
images
images
images

नागरिक फर्काउन सहयोग गरेको भन्दै अमेरिकी दुतावासले  गर्‍यो पर्यटन बोर्डलाई सम्मान

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ६ २०७८
images
images
नागरिक फर्काउन सहयोग गरेको भन्दै अमेरिकी दुतावासले  गर्‍यो पर्यटन बोर्डलाई सम्मान
images

काठमाडौं‍-कोभिड–१९ संक्रमणको बेला नेपालमा जारी लकडाउनको समयमा नेपालमा अलपत्र परेका आफ्नो देशका नागरिकहरुको खोज तथा उद्धारको उत्कृष्ट कार्य गरेको भन्दै बुधबार नेपाल स्थित अमेकिी दुतावासले नेपाल पर्यटन बोर्डलाई  सम्मान गरेको छ। 

images
images

दुतावासको टाउन हलमा आयोजित भर्चुअल कार्यक्रममा बुधबार दुताबासले बोर्डलाई सम्मान गरेको हो। लडाउनको कठिन समयमा बोर्डले उद्धार उडान मार्फत (रिपाट्रिएशन फ्लाइट) आफ्नो देशका पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको र त्यो कार्यको अमेरिकी जनता र दुतावासले उच्च मूल्याङ्कन गरेको उल्लेख गर्दै बोर्डलाई यो सम्मान प्रदान गरिएको दुतावासले जनाएको छ।  

images

कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत ¥यान्डि बेरीले नेपाल र अमेरिका बीच लामो कुटनीतिक सम्बनन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले सधै सहयोग गर्ने समेत बताए। यस्तै अमेरिकन सिटिजन सर्भिसका चिफ डेमार्क स्चुल्जलेले कोभिड १९ को समयमा बोर्डले खेलेको भूमिका प्रशंसनीय भएको बताउँदै त्यसका लागि अमेरिकन नागरिकको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्। 

दुतावासको सम्मानपछि प्रतिक्रिया दिँदै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडको समयमा नेपालले गरेका कायबाट बोर्डले सम्मान पाउनु नेपाली पर्यटन क्षेत्रको लागि खुशीको कुरा भएको बताउनु बताए। उनले विभिन्न निकायको सहयोग र समन्वयले मात्र बोर्डले यो सम्मान पाएको उल्लेख  गरेका थिए।  

images

यस्तै बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले दुतावासले प्रदान गरेको यो सम्मान नेपालको समग्र पर्यटन र नेपाली आतिथ्यताको सम्मान भएको बताए। उनले यस्ता सम्मानले बोर्ड र समग्र पर्यटन क्षेत्रलाई हौषला प्रदान गर्नुकासाथै थप जिम्मेवार बन्न समेत प्रेरित गर्ने प्रतिक्रिया दिए।

सन् २०१९ बाट विश्वव्यापी रुपमा शुरु भएको कोभिड–१९ ले नेपालमा सन् २०२०–२०२१ मा बढि प्रभाव पारेको सो समयमा नेपाल पर्यटन बोर्डले स्ट्रयान्डेड इन नेपाल अन लाइन अभियान सञ्चालन गरी नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो। 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी),जिल्ला प्रशासन कार्यालय,पर्यटक प्रहरी,स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको समन्वयमा यस्तै बोर्डले नेपाल स्थित विभिन्न कुटनीतिक नियोगहरूसँगको समन्यवमा  रिपाट्रिएशन फ्लाइट मार्फत करिब ५ हजार भन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो।  

 

 

 

 

 


प्रकाशित : बिहीबार , माघ ६ २०७८१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend