बुधबार, चैत १३ गते २०८१    
बुधबार, चैत १३ २०८१
images
images

सेयर बजारमा देखियो दोहोरो अंकको वृद्धि, ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार

images
सोमबार, मंसिर १० २०८१
images
images
सेयर बजारमा देखियो दोहोरो अंकको वृद्धि, ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- आइतबार १३.०३ अंकले घटेको सेयर बजार सोमबार भने वृद्धितर्फ लागेको छ। गएको साता समग्रमा ६८.३५ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि ओरालोतिरै लागेकोमा सोमबार भने हरियाली देखिएको हो।

images
images

सोमबार १५.८३ अंकले बढेर बजार २६८३.२४ बिन्दुमा पुगेको छ। १६९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ। ६७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार उतारचढावबीच ४.९८ अंकको सामान्य वृद्धितर्फ लागेको थियो। सोमबार बन्द रहेको बजार मंगलबार ५१.११ अंकले घटेको थियो भने बुधबार ९.०९ अंकले बढेको थियो। बिहीबार ३१.३१ अंकले घटेर बजार २६८०.४४ बिन्दुमा झरेको थियो।

images
images

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्। तर बजारले त्यसअनुसार साथ पाएको देखिँदैन। 

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा लगानीकर्ता देखिन्छन्।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। 


प्रकाशित : सोमबार, मंसिर १० २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend