बुधबार, मंसिर १९ गते २०८१    
images
images

बीवाईडी बिक्रेता साइमेक्स इंकले ४४ करोड खर्चिएर नक्सालमा किन्यो भवन

लिलामीमा किनिएको सहकारीको भवनमा अब केन्द्रीय कार्यालय

images
सोमबार, मंसिर १० २०८१
images
images
बीवाईडी बिक्रेता साइमेक्स इंकले ४४ करोड खर्चिएर नक्सालमा किन्यो भवन

साढे ४१ करोड रुपैयाँ कबोल गरेको र पास खर्चलगायत सबै प्रक्रिया पूरा गर्दा २४ आना जग्गा र घरलाई ४४ करोड रुपैयाँ परेको हो।

images
images

काठमाडौं- पछिल्लोपटक सवारीसाधन बिक्री गरेर उदाउँदै गरेको साइमेक्स इंकले आफ्नो केन्द्रीय कार्यालय बनाउन नयाँ भवन किनेको छ।

images
images
images

चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी साइमेक्स इंकले नक्सालस्थित नारायणचौरमा जग्गासहित भवन संरचना खरिद गरेको हो। 

images

साइमेक्स इंकले सहकारीको नाममा रहेको उक्त जग्गासहितको भवन केही समयअघि खरिद गरेको थियो। समस्यामा परेको एक सहकारीले लिलामीमा राखेको जग्गासहितको भवन साइमेक्सले आफ्नो केन्द्रीय कार्यालय बनाउन किनेको जनाएको छ। 

images

जिल्ला सहकारीले लिलामीमा राखेको २४ आना जग्गासहित पाँचतले भवन साइमेक्स इंकले ४४ करोड रुपैयाँ खर्च गरेर किनेको हो। लिलाम बढाबढमा साइकेक्सले उक्त जग्गासहितको भवनलाई ४१ करोड ५१ लाख रुपैयाँ कबोल गरेको थियो। त्योभन्दा बढी कबोल गर्ने अर्को कम्पनी नआएपछि साइमेक्सले उक्त जग्गा खरिद गरेको थियो। 

साढे ४१ करोड रुपैयाँ कबोल गरेको र पास खर्चलगायत सबै प्रक्रिया पूरा गर्दा २४ आना जग्गा र घरलाई ४४ करोड रुपैयाँ परेको हो। सो घरजग्गा खरिद गरेपछि साइमेक्सले उक्त घरमा भाडामा रहेका आईएमई जनरल इस्योरेन्स, सामसङ बिक्री गर्ने स्वीचलगायतलाई दुई महिनामा घर खाली गर्न भनेको थियो। 

घर खाली हुनेक्रम सुरु भएसँगै साइमेक्सले हाल सो घरको रेट्रोफिटिङदेखि आफ्नो आवश्यकताअनुसार संरचना निर्माण तथा रंगरोगन सुरु गरिसकेको छ।

अहिले बालुवाटारमा सामान्य संरचनामा बीवाईडी बिक्रेता साइमेक्स इंकको केन्द्रीय कार्यालय रहेको छ। सवारी बिक्री राम्रो हुँदै गएको र ‘कर्पोरेट’ देखिनु पर्ने भएपछि साइमेक्स आक्रामक रुपमा भवनको खोजीमा थियो। 

उत्पादक कम्पनी (ओईएम)ले पनि साइमेक्सलाई कर्पोरेट हुन भन्दै आएको थियो। विगतमा साइमेक्स इंकलाई स्वतन्त्र रुपमा सवारी बिक्री गर्न दिएको चिनियाँ कम्पनी बीवाईडीले नेपालमा सवारी बिक्री बढेपछि आफ्नो निगरानी बनाउन थालेको छ। 

दुई वर्षअघिसम्म साइमेक्स इंकको कर्मचारी संरचनामा बीवाईडी चाइनाको कुनै उपस्थिति थिएन। दुईवर्षयता भने बीवाईडी चाइनाले साइमेक्सलाई निगरानी गर्नेगरी करिब आधा दर्जन कर्मचारी राखेको छ। विगतमा लथालिंग रहेको बीवाईडीको सर्भिस, बिक्रीपछि आउने समस्याको समाधानमा केही सुधार देखिनुको कारण यही हुनसक्छ। 

बीवाईडीमा चीन सरकारको प्रत्यक्ष लगानी रहेको छ। सूचनाप्रविधि कम्पनीमार्फत विश्व बजारमा निस्किएको चीनलाई केही वर्षअघि अमेरिकी सरकारले प्रतिबन्ध लगाएपछि उसको प्रत्यक्ष उपस्थिति धुमिल हुन पुगेको थियो।

पछिल्लोपटक चीनले न्यू इनर्जी भेहिकलमार्फत विश्व बजारमा उपस्थिति बढाउँदै गइरहेको छ। यहीक्रममा नेपालमा पनि बीवाईडीलाई अघि सारेर ‘विद्युतीय सवारी कुटनीति’मा चीन अघि बढेको देखिन्छ। त्यसैले नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकमा ओईएमले चीन सरकारलाई सहयोग पुग्नेगरी आफ्नै कर्मचारी ल्याएर राखेको हो। 

पछिल्लोसमय साइमेक्सका नाममा बीवाईडीले गरेका गतिविधिले पनि यो कुरालाई प्रष्ट्याउँदै गएको छ। बीवाईडीकै सल्लाहमा समाजमा चिनिएका व्यक्तिदेखि पूर्वप्रशासकहरुलाई प्रयोग गरेर विश्वास जित्ने र काम लिने प्रयासहरु गरिरहेको छ। विद्युतीय सवारी प्रति आम उपभोक्ताको अतिरिक्त आशक्तिलाई प्रयोग गर्ने नीति बीवाईडीले लिएको छ। 

यसअघि किनिएको थियो डीएमआर

गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष भवन भट्टको स्वामित्वमा रहेको काभ्रे पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) पनि साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठको समूहले खरिद गरेको थियो। २०८० को अन्त्यतिर भट्टको बीबी होल्डिङ्स कम्पनीमार्फत सञ्चालन हुँदै आएको रिसोर्ट श्रेष्ठको समूहले किनेको थियो। 

नेपालमा बीवाईडी गाडी बिक्री गर्दै आएकी साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसहितको टिमले करिब ७० करोड रुपैयाँमा रिसोर्ट खरिद गरेको थियो।

२०८० फागुन अन्तिम साता खरिद बिक्री टुंगिएपछि व्यवस्थापनको काम श्रेष्ठ समूहले थालेको थियो। उक्त रिसोर्टमा अहिले केही पुनर्संरचनाको कामसमेत भइरहेको छ। 

सन् १९८१ मा स्थापना भएको रिसोर्ट बीबी होल्डिङसले २०१३ मा खरिद गरेको थियो। बीबी एययरवेज पुनः सञ्चालनको तयारी गरेपछि खर्च व्यवस्थापन गर्न भट्टले करिब ७० करोड रुपैयाँ रिसोर्ट बिक्री गरेका थिए।

काभ्रेको पाँचखाल नगरपालिकामा रहेको रिसोर्ट २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमा ४२ वटा भिल्ला रहेका छन्। श्रेष्ठ समूहले यो रिसोर्टलाई थप व्यवस्थित र विलासी रुपमा सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको छ। 


प्रकाशित : सोमबार, मंसिर १० २०८११७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend