आइतबार, साउन १८ गते २०८२    
आइतबार, साउन १८ २०८२
images
images

त्रिविविका सबै परीक्षा स्थगित

images
बिहीबार , माघ ६ २०७८
images
images
त्रिविविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

images
images

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। 

images

‘विश्वविद्यालयअन्तर्गत हाल सञ्चालन भइरहेका अधिकांश परीक्षा सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको तथा विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीव्र सङ्क्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत सङ्क्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरिएको छ,’ त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुारा जारी सूचनामा उल्लेख छ ।

images
images


प्रकाशित : बिहीबार , माघ ६ २०७८१२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend