मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

भन्सार महसुल घटेसँगै प्रतितोला १५ हजार ९ सय रुपैयाँले सस्तियो सुन

images
सोमबार, मंसिर १० २०८१
images
भन्सार महसुल घटेसँगै प्रतितोला १५ हजार ९ सय रुपैयाँले सस्तियो सुन

गएको बिहीबारको मन्त्रिपरिषदको बैठले सुनको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेको हो। त्यस्तै चाँदीको भन्सार महसुल पनि सरकारले घटाएको छ। चाँदीको महसुल पनि १० प्रतिशतमा झारिएको छ।

images
images

काठमाडौं- आइतबार प्रतितोला १ हजार ७ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको छ। सरकारले भन्सार महसुल घटाएपछि सोमबार सुनको मूल्य व्यापक घटेको हो। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

images
images

यस्तै आइतबार प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

गएको बिहीबारको मन्त्रिपरिषदको बैठले सुनको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेको हो। त्यस्तै चाँदीको भन्सार महसुल पनि सरकारले घटाएको छ। चाँदीको महसुल पनि १० प्रतिशतमा झारिएको छ। यसअघि सुनको भन्सार २० प्रतिशत थियो भने चाँदीको पनि २० प्रतिशत नै थियो। 

गएको कात्तिक १५ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको भन्सार घटेपछि अब रोकिएला मौलाएको तस्करी? नेपालमा सुनको भन्सार घटेपछि अब रोकिएला मौलाएको तस्करी?


प्रकाशित : सोमबार, मंसिर १० २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend