आइतबार, मंसिर ९ गते २०८१    
images
images

नेपालमा सुनको भन्सार घटेपछि मौलाएको तस्करी रोकिएला?

images
आइतबार, मंसिर ९ २०८१
images
images
नेपालमा सुनको भन्सार घटेपछि मौलाएको तस्करी रोकिएला?

कतिपय नेपाली उपभोक्ता आफूहरू रक्सौल बजारमा ठगिएको भेउसम्म पाउँदैनन्। कतिपय नेपाली उपभोक्ताले यसबारे जानकारी रहेपनि नेपाली बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने लोभमा जानाजान ठगिँदैछन्। दसैँ, तिहार तथा छठ पर्वका लागि नेपाली उपभोक्ताहरू ठूलो संख्यामा भारतीय बजार रक्सौल किनमेल गर्न पुगेका थिए।

images
images

काठमाडौं- भारत र नेपालबीचमा सुनको भन्सार महसुलमा धेरै फरक परेपछि पछिल्लो समय तस्करी मौलाएको थियो। नेपालमा भन्सार महसुल बढ्ने र भारतमा घट्ने एकैदिन समय परेपछि यो वर्ष सुनको आयात  घटेको छ। 

images
images
images

सुनको आयात अस्वभाविक घटेपछि त्यसको मुख्य कारण सीमाबाट भएको तस्करी भएकोमा सबै सरकारी निकाय सहमत थिए। चालु वर्षको चार महिनामा २ अर्ब रुपैयाँको पनि सुन आयात भएको छैन। जबकी गत वर्षको यही अवधिमा ८ अर्ब रुपैयाँको आयात भएको थियो। 

images

सुनको आयात यस्तो घट्नुमा मुख्य कारण नेपाल र भारतमा भन्सार दर थियो। भारतमा सुन आयात गर्दा जम्मा ६ प्रतिशत रहेको र नेपालमा २० प्रतिशत थियो। पछिल्लो दुई वर्षमा १५ प्रतिशत हुँदै २० प्रतिशत पुग्यो। तर भातरले भने १५ बाट ६ प्रतिशतमा झारिदिएको थियो। 

images

६ प्रतिशत भन्सार भारतमा कायम भएपछि पछिल्लो समय भारतबाट नेपालमा सुन तस्करी हुँदै आएको थियो। सुनको अवैध आयात बढ्दै गएपछि सीमामा भारुको मूल्य एकाएक आकाशिएको थियो। 

भारतबाट हुने सुनको तस्करी घट्ने अनुमानमा सरकारले सनुको भन्सार २० बाट १० प्रतिशतमा झारिदिएको छ। अझै पनि भारतको तुलनामा नेपालमा उच्च रहेको छ।

रक्सौलका व्यापारीले नेपाली मुद्राको अवमूल्यन गरी हाल ६ देखि ७ रुपैयाँसम्म ‘बट्टा’ लिइरहेका थिए। १ सय भारतीय रुपैयाँको आधिकारिक विनिमय मूल्य १ सय ६० नेपाली रुपैयाँ रहेपनि रक्सौल बजारमा नेरु १ सय ६६ देखि १ सय ६७ नेपाली रुपैयाँबराबर १ सय भारतीय रुपैयाँ कायम गरेर रक्सौलका व्यापारीहरूले नेपाली उपभोक्तासँग चर्को बट्टा लिइरहेका छन्। 

कतिपय नेपाली उपभोक्ता आफूहरू रक्सौल बजारमा ठगिएको भेउसम्म पाउँदैनन्। कतिपय नेपाली उपभोक्ताले यसबारे जानकारी रहेपनि नेपाली बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाइने लोभमा जानाजान ठगिँदैछन्। दसैँ, तिहार तथा छठ पर्वका लागि नेपाली उपभोक्ताहरू ठूलो संख्यामा भारतीय बजार रक्सौल किनमेल गर्न पुगेका थिए।  

वीरगञ्जका एक स्थापित व्यापारीले तीन सातायता भारतबाट नेपालतर्फ सुनको समेत तस्करी हुन थालेपछि त्यसको फाइदा रक्सौलका व्यापारीहरूले उठाएको आरोपसमेत लगाए। तस्करी सुरु भएपछि त्यसको सोझो असर बजारमा परेर नेपाली मुद्रा अवमूल्यन हुन थालेको ती व्यापारीले बताए।  ‘रक्सौल बजारमा नेपाली मुद्राको अवमूल्यन गरेर चर्को बट्टा लिने काम त्यहाँका व्यापारीहरूले मनोमानीपूर्वक गर्ने हो, बजारको अवस्थाले बट्टाको दर निर्धारण गर्ने होइन,’ उनले भने, ‘त्यो त एक अर्को मुलुकमा सुन कसरी र कति परिमाणमा तस्करी हुन्छ त्यसले निर्धारण गर्ने गरेको हो, सुनको तस्करी र दैनिक उपभोग्य वस्तुको खरिद बिक्री हुने बजारबीच कुनै सामञ्जस्यता छैन।’ 

हाल भारत सरकारले सुनको आयातमा भन्सार महसुल घटाएपछि नेपालभन्दा भारतमा सुन सस्तो हुँदा भारतबाट नेपालतर्फ सुन तस्करी भइरहेको ती व्यापारीले बताए।

‘नेपालमा हाल सुनको आयात गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्छ भने भारतमा ३ प्रतिशतमात्र भन्सार महसुल लाग्छ,’ उनले भने, ‘प्रति १० ग्राम सुनको मूल्य नेपालभन्दा भारतमा १० हजार रुपैयाँले सस्तो छ।’

भारत सरकारले नेपाल र बंगलादेश हुँदै आफ्नो मुलुकमा हुने सुन तस्करी रोक्न यो कदम चालेको हो। विगतमा चीनबाट नेपाल हुँदै भारततर्फ हुने सुनको तस्करी हाल भारत हुँदै नेपालतर्फ हुने गरेको सीमा नाकानजिकका सुनचाँदी व्यवसायीहरूले समेत बताएका छन्। चीनमा तीन महिना लामो बिदा नजिकिएकाले भारतबाट नेपालतर्फ हुने सुनको तस्करी जनवरी मध्यसम्म हुने सम्भावना रहेकोसमेत व्यवसायीले बताए। 

 

 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend