काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कुल परीक्षणको ४४.८७ प्रतिशतमा कोरोना देखिएको छ। बिहीबार २७ हजार ४ सय ९७ जनाको कोरोना परीक्षण भएको थियो। जसमा १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण देखा परेको हो।
बिहीबार २१ हजार ७ जनोको पीसीआर परीक्षण भएकोमा १० हजार ७ ५२ जनाको कोरोना संक्रमण देखिएको छ।
यसैगरी ६ हजार ४ सय ९० जनाको एन्टिजेन परीक्षणमा २ हजार २ सय ८६ जनाको कोरोना देखिएको छ। बिहीबार ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५७ हजार ३ सय २८ पुगेको छ।
साथै २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोभिड विरूद्धको खोप लगाएका छन्।