काठमाडौं- नेपाल सरकारले सुनको भन्सार महसुल घटाएको छ।
बिहीबारको मन्त्रिपरिषदको बैठले सुनको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेको हो। त्यस्तै चाँदीको भन्सार महसुल पनि सरकारले घटाएको छ। चाँदीको महसुल पनि १० प्रतिशतमा झारिएको छ।
यसअघि सुनको भन्सार २० प्रतिशत थियो भने चाँदीको पनि २० प्रतिशत थियो।
सुनको चाँदीको भन्सार महसुल घटाउने निर्णय बिहीबार भएर शुक्रबारदेखि नै लागु भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए।
यसअघि भारतले सुनको भन्सार महसुल घटाएपछि नेपालमा औपचारिक आयात घटेको थियो। भारतसँगको नाका जोडिएका सहरमा भारुको मूल्य पनि आकाशिने र सुनको अवैध कारोबार भइरकेको थियो।
यस्तो अवस्थामा सुनको भन्सार घटाउन सरकारमाथि दबाब बढ्दै आएको थियो।