सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

images
आइतबार, मंसिर ९ २०८१
images
टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर र २४ लाख टु विह्वलर सवारीसाधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ। यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ।

images
images

काठमाडौं- टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रीन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले सो मिट सम्पन्न गरेको हो।

images
images
images

गत शुक्रबार काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका १ सय ५० डिलरको सहभागिता रहेको थियो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्तरुपमा सो कार्यक्रमको उ‌द्घाटन गरेका थिए।

images
images

सो अवसरमा टाटा अटोकम्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रीनको इतिहासका साथै भावी कार्ययोजनाका वारेमा प्रकाश पारेका थिए।

images
images

लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रीन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजना वारेमा जानकारी प्रदान गरेका थिए। सो अवसरमा डिलर सञ्चालकहरुले टाटा ग्रीनप्रतिको धारणा र अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रमको अवसरमा टाटा ग्रीन होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो। नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रीन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डष्ट्रियल ब्याट्री समेत उपलब्ध भएका छन्।

जापानिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रीन ब्याट्रीको स्थापना भएको थियो। हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको छ।

कम्पनीले वार्षिक रुपमा १४ लाख फोर ह्विलर र २४ लाख टु विह्वलर सवारीसाधनका लागि आवश्यक ब्याट्री उत्पादन गर्दै आएको छ। यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ।


प्रकाशित : आइतबार, मंसिर ९ २०८११७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend