शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

१३ अंकले घट्यो सेयर बजार, ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर ९ २०८१
images
१३ अंकले घट्यो सेयर बजार, ७ अर्ब ७२ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- गएको साता समग्रमा ६८.३५ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ। गएको सातायता उतारचढावबीच बजारको यात्रा कमजोर देखिएको छ। त्यसअघिको साता बजार ७३.२७ अंकले बढेको थियो। 

images
images
images

आइतबार १३.०३ अंकले घटेर बजार २६६७.४० बिन्दुमा झरेको छ। ५५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ। १८१ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

images
images

गएको साता पहिलो कारोबारमा आइतबार उतारचढावबीच ४.९८ अंकको सामान्य वृद्धितर्फ लागेको थियो। सोमबार बन्द रहेको बजार मंगलबार ५१.११ अंकले घटेको थियो भने बुधबार ९.०९ अंकले बढेको थियो। बिहीबार ३१.३१ अंकले घटेर बजार २६८०.४४ बिन्दुमा झरेको थियो।

images
images

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा लगानीकर्ता देखिन्छन्। मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यक्तिगत लगानीकर्ताहरूमाथि लगाइएको १५ करोडको सीमा हटाउने र १२५ प्रतिशतको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेर बजारलाई सकारात्मक सन्देश दिन राष्ट्र बैंक लचिलो हुन सक्ने देखिएको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिरमा  बजार नयाँ उचाइतर्फ लाग्ने अपेक्षामा लगानीकर्ताहरू छन्।

गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते ३०००.८१ को बिन्दुमा पुगेको बजार भदौ ३१ गते २५८०.७६ बिन्दुमा झरेको थियो। असोज ३० गते २७४२.८८ बिन्दुमा पुगेको थियो भने कात्तिक २९ गते २७४८.७८ बिन्दुमा पुगेको थियो। 


प्रकाशित : आइतबार, मंसिर ९ २०८११५:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend